रंगशालामा भत्काएको घटनाको साझा बिबेकशील पार्टीद्वारा निन्दा

चितवन, जेठ १६ ।
साझा बिबेकशील पार्टी चितवनले क्रिकेट रंगशालाको सिमामा गरिएको जस्ताको बारबेर भत्काईएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला संयोजक भुपेन्द्र बस्नेतले आज एक प्रेस बक्तव्य जारी गर्दै तोडफोडमा संलग्नमाथि कारवाहीको जोददार माग गर्नुभएको छ । बिज्ञप्तिमा बाटोको बिषयमा स्थानीयको असन्तुष्टी भए वार्ताको माध्यामवाट समाधान गर्न छाडेर तोडफोडमा उत्रनु निन्दनीय भएको जनाइएको छ ।
रंगशाला निर्माणमा आवश्यक सुरक्षा प्रवन्ध गर्न पनि पार्टीले माग गरेको छ ।

शेयर गरौ

ताजा अपडेट