१६ जेठ ।
निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको घेराबारा भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्वाही गर्दै पार्टी सदस्यता नै निलम्बन गरेको छ ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले आज निलम्बन गरेको हो । पार्टीले त्यही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ ।
जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित’ ले विहीबार विज्ञप्ती जारी गर्दै घटनामा संलग्न सबैलाई कानुनी कार्वाही गरी क्षतिपूर्ति भराउन माग गरेको छ । नेकपाले सामाजिक अभियान्ता तथा हाँस्य कलाकार धुर्मुस–सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाएको छ ।



