चितवन १३ जेठ । हिडौं स्वस्थ वनौ भन्दै आज चितवनको भरतपुरदेखि नारायणगढसम्म पैदल यात्रा गरिएको छ ।
भरतपुरको चौविसकोठीबाट नारायणगढसम्म पैदल यात्रा गरिएको हो । नेपाल प्रेस युनियनको रजत वर्षको अवसरमा वाकाथुन गरिएको हो । यात्रा शुरु अघि भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीले दैनिक विहान पैदाल यात्राले स्वस्थ राख्न धेरै मद्यत गर्ने बताउनु भयो । दैनिक विहान कम्तीमा दुइजना भएर पैदल यात्रा गर्दा स्वस्थ रहन सहयोग गर्ने बताउनु भयो ।
यात्रामा प्रदेश ३ का सांसद विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, उपप्रमुख पार्वती शाहलगायत सहभागी हुनु भएको थियो ।


