रुकुम (पूर्व)को भूमे गाउँपालिकामा छोराद्धारा बाबुको हत्या

रुकुम (पूर्व) , ९ जेठ :

रुकुम (पूर्व) भूमे गाउँपालिका ७, गुनाम गाउँमा छोराले बाबुको हत्या गरेका छन् ।

२० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको जानकारी दिए ।

प्रारम्भिक जानकारीअनुसार घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमान गरिए पनि हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेर थप अनुन्धान भइरहेको बताइएको छ ।

शेयर गरौ

ताजा अपडेट