स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण

काठमाण्डौ, ६ जेठ :

सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् । उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए ।

बिमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ । बिमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।

शेयर गरौ

ताजा अपडेट