मिडिया काउन्सिल विधेयकको चितवनका पत्रकारहरुद्वारा विराेध

चितवन समाचारडटकम, १ जेठ ।

नेपाल पत्रकार महासङ्घ चितवनले मिडिया काउन्सिल सम्वन्धि विधेयककाे विराेधमा जिल्ला स्थित अगुवा पत्रकारहरुसङ्ग छलफल गरेकाे छ ।

छलफलमा सहभागीहरुले बिधेयक पत्रकार मैत्री नभएको र प्रेस स्वतन्त्रतामा आच आउन सक्ने भन्दै पारीत हुन नहुनेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासङ्घ केन्द्रीय सदस्य सृजना अर्यालले विधेयकमा प्रस्तावित विषयहरु अनुपयुक्त रहेकाले फिर्ता लिन दवाव स्वरुप केन्द्रले देशव्यापी अान्दोलन थालेको बताउनुभयाे । जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले केन्द्रीय सर्कुलर अनुसार विराेधका कार्यक्रम गरिएको बताउदै  अाज जिल्लामा सवै पत्रकारले हातमा कालाेपट्टि बाधेर काम गरेकाे जानकारी दिनुभयाे । साथै जेठ ३ गते सञ्चार सामाग्री सहित प्रदर्शनकाे कार्यक्रम राखिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।

कार्यक्रममा प्रेस सङ्गठनका केन्द्रीय सदस्यहरु सुरेशचन्द्र अधिकारी, शालिग्राम नेपाल, महासङ्घ जिल्लाका पुर्व अध्यक्ष जनक अर्याल, जिल्ला उपाध्यक्षहरु नारायण अधिकारी, शान्ता अधिकारी , महासङ्घ सचिव एवम् प्रेस चाैतारी चितवनका अध्यक्ष तीर्थ नेपाल,प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, महासङ्घ प्रदेश सदस्य प्रविण बराल लगायतले धाारणा रााखेका थिए ।

शेयर गरौ

ताजा अपडेट