इरानसँग युद्ध नगर्ने अमेरिकी विदेशमन्त्री पोम्पिओको स्पष्टिकरण

काठमाण्डौ, १ जेठ :

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफुहरुले इरानसँग युद्ध नचाहेको बताएका छन् ।

दुई देशबीच तनाव चुलिई रहेको बेला विदेशमन्त्री पोम्पिओले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका हुन । रुसको सोची सहरमा रुसी विदेशमन्त्री सर्गेई लावरोफ सँग वार्ता गरिरहेका विदेशमन्त्री पोम्पिायोले अमेरिकारले मौलिक रुपमा युद्ध नचाहेको बताए ।

उनले इरानले एक सामान्य मुलुकसरह व्यवहार गरोस भन्ने अमेरिकाले अपेक्षा राखेको स्पष्ट पारे । अमेरिकाको हितमा हमला भए जवाफ दिने विदेशमन्त्री पोम्पियोको चेतावनी थियो । यसैबीच इरानका सर्वोच्च नेता आया तुल्लाह खामनेईले पनि अमेरिकासँग युद्ध नहुने बताएका छन्। उनले परमाणु सम्झौताको विषयलाई लिएर अमेरिकासँग वार्ता नहुने पनि स्पस्ट पारे ।

गतहप्ता अमेरिकारले मध्यपूर्वमा जंगी जहाज र विमानवाहक युद्धपोत तैनाथ गरेको थियो ।

वार्ताका क्रममा अमेरिकी विदेशमन्त्रीले रुसी समकक्षीलाई भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरालाई समर्थन नगर्न आग्रह गरेका छन् । जवाफमा रुसी विदेशमन्त्री लावरोफले मादुरोलाई लिएर अमेरिकारले दिने धम्की गैर–लोकतान्त्रिक भएको टिप्पणी गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट