चितवन समाचारडटकम, ३० बैशाख ।
नारायणगढको लायन्सचोकमा रहेको सेन्टर फर एग्रीकल्चरल रिसर्च एण्ड एजुकेशन(केयर)ले कृषि तथा प्राविधिक उच्च शिक्षा अध्ययनका लागि प्रवेश परिक्षाको तयारी कक्षामा संस्थालाई उलेख्य सफलता मिलेको दावी गरेको छ ।
सोमवार पत्रकार सम्मेलन गरी केयरले बिगतका बर्षहरुमा प्राप्त गरेको उत्कृष्ट नतिजाका कारण यसवर्ष पनि विभिन्न जिल्लाबाट बिद्यार्थीहरु अध्ययनका लागि आएको जनाएको छ । पत्रकार सम्मेलनमा केयरका प्रवन्ध निर्देशक भुवन पौडेलले गत वर्ष कृषि तथा वन बिज्ञान विश्वविद्यालयको भेटेरीनरी संकायको प्रवेश परिक्षामा यसै ईन्ष्टिच्युटमा अध्ययन गरेका विद्यार्थी प्रकाश पन्थिले नेपालटप, सुजन अधिकारी नेपाल दोश्रो सहित १९ जनाले सफलता प्राप्त गरेको जानकारी दिनुभयो । प्रवन्ध निर्देशक पौडेलका अनुसार यस संकायमा ५० जनाको कोटामध्ये १९ जना केयरमा अध्ययन गरेका बिद्यार्थी हुन् ।
त्यसैगरी वन बिज्ञान( त्रि.वि.) हेटौंडा क्याम्पसमा सर्वोत्कृष्ट सहित टपटेन मा ८ जनाको नाम निस्किएको पौडेलले बताउनुभयो । गत वर्ष केयरमा अध्ययन गरेका १८० जनाले सफलता हासिल गरेको उहाँले बताउनुभयो ।

केयरमा रामपुर क्याम्पसवाट अध्ययन पुरा गरेका जनशक्ति आवद्ध छन् । “यही बलियो जनशक्ति नै हाम्रो गुणस्तरिय शैक्षिक नतिजाको प्रमुख आधार हो,” केयरमा प्राध्यापन गर्दै आएका डा. गृहमणी नेपालले भन्नुभयो ।
यस बर्षबाट थप भौतिक संरचना , ब्यबस्थापन र शैक्षिक पूवार्धार सहित कक्षा थालिएकाले नतिजा अझ फलदायी हुने विश्वास लिइएको केयरका अध्यक्ष बद्रीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

ईन्ष्टिच्युटमा एसी सहितका कक्षाकोठा, दक्ष तथा अनुभवी शिक्षक, उपयोगी पाठ्यसामाग्री, पुस्तकालय, प्रोजेक्टर सहितको कक्षा जस्ता बिद्यार्थीको सुविधामा थप वृद्धि गरिएको अर्यालले बताउनुभयो ।
केयरले अहिले बिएससी कृषि , भेटेरेनरी, वन, मत्स्य, खाद्य बिज्ञान, नर्सिङ्ग तर्फको प्रवेश परिक्षा तयारी कक्षा शुरु गरेको छ ।


