चितवन समाचारडटकम, बैशाख ३० ।
राष्ट्रिय नागरिक पार्टीले संगठन बिस्तार अभियान चलाएको छ । यसैक्रममा पार्टीले सोमवार चितवनको कालिका नगरकमिटि गठन गरेको छ । पदमपुरमा आयोजीत एक औपचारिक समारोहका बिच पार्टीका केन्द्रीय अध्यक्ष शुक्रवहादुर गुरुङले बिकास रुम्बाको अध्यक्षतामा १७ सदस्यीय नगरकमिटि घोषणा गर्नुभएको हो । नवगठित कमिटिको उपाध्यक्षमा देवी गुरुङ र सचिवमा अर्जुन सुवेदी रहनुभएको छ ।

कमिटि घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष गुरुङले मुलुकमा सुशाषन कायम गर्ने उदेश्यकासाथ आफुहरुले नयाँ पार्टी स्थापना गरेको बताउनुभयो । मुलुकमा भ्रष्टचार ब्याप्त भएको दावी गर्दै गुरुङले यसको नियन्त्रण गर्ने अभियान पार्टीको मुल लक्ष्य रहेको उल्लेख गर्नुभयो । देशमा लामो समयदेखी सत्ताको बागडोर सम्हालेका पार्टीहरुबाट जनतामा आशा मरिसकेकाले बैकल्पिक राजनीतिक शक्तिका रुपमा नागरिक पार्टी संगठन बिस्तारको अभियानमा जुटेको उहाँले बताउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार बिक्रम संवत २०७० सालमा स्थापित यस पार्टीले देशका हालसम्म २८ वटा जिल्लामा कमिटि गठन गरेको छ । चितवनमा माडी र कालिका नगरपालिकामा ईकाई कमिटि गठन गरिएको र अन्य नगरमा क्रमश संगठन बिस्तार गर्दै जाने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष केशवनाथ शुक्ला, नवराज घले, सचिव राजेश्वर खतिवडा, केन्द्रीय सदस्यहरु गीता पौडेल ढकाल, सञ्जयकाजी महत्तो लगायतले मन्तव्य राख्नुभयो ।
कार्यक्रम राष्ट्रिय नागरिक पार्टी चितवनका अध्यक्ष रामलाल महत्तोका सभापतित्वमा सम्पन्न भएको थियो ।


