धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको अध्यक्षमा भीमप्रसाद सेन्चुरी चयन

चितवन, ३० वैशाख । धौलागिरी अञ्चलका विश्वकर्माहरू एकजुट होऔं, भगत सर्वजित विश्वकर्माको ईतिहास संरक्षण गरौ भन्ने मूल नाराका साथ आज सोमबार ऐतिहासिक घोषणा सभा, प्रतिबद्धता एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
भीमप्रसाद सेन्चुरीको अध्यक्षमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरूमा लालबहादुर सेन्चुरी, उत्सव खाती, महासचिवमा अमिर रामदाम, कोषाध्यक्षमा तुलबहादुर खाती, सचिवमा अमिर सुनार, सहकोषाध्यक्षमा जुना आत्रेय सुनार, सदस्यहरूमा डुविन्द्रध्वज विश्वकर्मा, पूर्ण प्रसाद सेन्चुरी, लक्ष्मण सेन्चुरी, सुन्दर पौडेल विश्वकर्मा, जीवन सेन्चुरी, गोविन लाम्गादे, राजकुमार घमाल, गंगा रामदाम, राजु खाती, राजु पौडेल, गोपाल विक, डम्बरध्वज विश्वकर्मा रहेका छन् ।
कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाईलीको प्रमुख आतिथ्यमा, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्र बहादुर विश्वकर्मा, विश्वकर्मा सेवा समितिका संस्थापक सचिव टेकबहादुर विश्वकर्मा, विश्वकर्मा सेवा समितिका संस्थापक कोषाध्यक्ष कमल रामदाम, तनहूँ चितवन विश्वकर्मा समाजका अध्यक्ष गोपाल गहतराज, गुल्मी चितवन विश्वकर्मा मैत्री समाजको संयोजक युवराज सुनार, मुक्ती समाज चितवनका अध्यक्ष विजय विश्वकर्मा, सिड ट्रि नेपालका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको उपाध्यक्ष हेम सेन्चुरी, महासचिव त्रिलोक भिके लगायतको आतिथ्यता रहेको थियो ।
धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका उपाध्यक्ष लालबहादुर सेन्चुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष भीमप्रसाद सेन्चुरीले गरेका थिए । मञ्चले १७ बुँदे घोषणापत्र समेत जारी गरेको थिए । त्यस्तै अग्रजहरुलाई समेत सम्मान गरेको थियो ।

ऐतिहासिक घोषणा सभा सम्पन्न

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चको ऐतिहासिक घोषणा सभा आज सोमबार सम्पन्न भएको छ । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका जेष्ठ सदस्य खड्कलाल रामदामको अध्यक्षतामा घोषणा सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्र बहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा, अग्रजहरु शेरबहादुर पौडेल, दलप्रसाद विश्वकर्मा, तेजबहादुर रामदाम, ददिराम रामदाम लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दलित अग्रज ददिराम रामदामले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट