राप्तीमा शैक्षिक सामग्री वितरण

चितवन २७ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाको शिवपुरी क्लबले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
आर्थिक अभावको कारण विद्यालय जान नसकेका बालबालिकाको लागि झोला, कापी किताबलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । विपन्न बालबालिकाको लागि पूर्व अर्थमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सामग्री वितरण गर्नु भएको थियो ।
कार्यक्रममा सम्वोधन गर्दै उहाले कुनैपनि वहानमा बालबालिका पढ्नबाट बन्चित हुन नहुने बताउनु भयो । शिक्षाको उज्यालोबाट बन्चित भए राज्य सफल हुन नसक्ने उहाले बताउनु भयो । गुणस्तरीय शिक्षाको आवश्यकता भएकाले अव उत्पादन हुने जनशक्ति प्रभावशाली हुनु पर्नेमा जोड दिनु भयो ।
शिवपुरी क्लवको आयोजनामा भएको कार्यक्रममा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा, वडा अध्यक्ष शमशेर लामा, विद्यालयका प्रधानाध्यापक विशेश्वरप्रसाद लामा, हरि बर्तौलालगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट