अमेरिकाद्वार पहिलो पटक उत्तर कोरियाली जहाज जफत, सम्बन्धमा थप तनाव बढ्न सक्ने

काठमाडौं, २७ वैशाख  :

अमेरिकाले उत्तर कोरियाको मालवाहक समुद्री जहाज जफत गरेको छ ।

उक्त जहाजले अन्तरराष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाको न्यायिक विभागले उक्त जहाजमा कोइला लैजादैँ गरेको जानकारी दिएको छ । उत्तर कोरिया कोइलाको ठूलो निर्यातकर्ता हो तर संयुक्त राष्ट्रले भने यसको निर्यातमा प्रतिबन्ध लगाएको छ । यो जहाजलाई यसअघि अप्रिल २०१८ मा पनि इन्डोनेशियामा जफत गरिएको थियो ।

अमेरिकाले प्रतिबन्धलाई उल्लंघन गरेको आरोपमा उत्तर कोरियाको कुनै पनि जहाज जफत गरेको यो पहिलो घटना हो । यो कदमले दुई देशबीचको सम्बन्धमा थप तनाव बढ्न सक्ने आशंका गरिएको छ ।

यो वर्षको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच असफल भेटवार्ता भएको थियो । अमेरिका उत्तर कोरियालाई परमाणु कार्यक्रम बन्द गर्न भनिरहेको छ भने उत्तर कोरियाले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धलाई हटाउनुपर्ने माग गरेको छ । उत्तर कोरियाको परमाणु परीक्षणः यसबीच पछिल्लो पाँच दिनभित्र उत्तर कोरियाले दुईपटक परमाणु परीक्षण गरेको छ ।

यी परीक्षणमार्फत् उत्तर कोरिया अमेरिकामाथि दबाब बढाउन चाहिरहेको बताइएको छ ।

शेयर गरौ

ताजा अपडेट