चितवन २६ बैशाख । ग्राहकलाई सहज तरिकाले सेवा दिने भन्दै भरतपुरको खानेपानी वोर्डले महसुल वुझाउन अब अनलाइनबाटै सक्ने व्यवस्था ल्याएको छ ।
वोर्डले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी महसुल वुझाउन कार्यालय जान नपर्ने गरी अनलाइन व्यवस्था गरेको जानकारी दिएको छ । सरकारी कार्यालयहरु अव डिजिटल प्रविधिमा जानु पर्छ भन्दै अनलाइनबाटै महसुल बुझाउन सक्ने गरेको हो । वोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भन्नु भयो अव लाइनमा बसेर पैसा बुझाउनु पर्दैन । उहाका अनुसार
मोबाइलबाट एप्स डाउनलोड गरेर पानीको महसुल भुक्तानी गर्न सकिन्छ । यसबाहेक ई–सेवाबाट महसुल भुक्तानी गर्न सकिनेछ । बोर्डका विभिन्न काउन्टरबाट पनि ग्राहकले रकम भुक्तानी गर्न सक्नेछन् । अनलाइन प्रविधिबाटै महसुल रकम भुक्तानी गर्ने काम यही वैशाख १५ गतेबाट सुरु भएको छ ।
भरतपुर खानेपानी बोर्डले महानगरका २७ हजार ग्राहकलाई शुद्ध खानेपानी वितरण गर्दै आएको छ । ती सबै ग्राहकले अनलाइनबाटै महसुल वुझाउन सक्नेछन् । बोर्डका अनुसार महानगरमा एक लाख ५१ हजार जनसंख्यामाझ शुद्ध खानेपानी पुगेको छ । वोर्डले दैनिक २ करोड ३५ लाख लिटर पानी उत्पादन गरिराखेको छ । जसमध्ये २ करोड ५ लाख लिटर पानी बिक्री भइरहेको छ । हरेक वर्ष झन्डै २ हजार बढी ग्राहकहरु थपिएका बोर्डका कार्यकारी निर्देशक दाहालले जानकारी दिनु भयो ।
बोर्डले वितरण गर्ने पानीको मुख्य स्रोत भनेको जमिनमुनिको पानी हो । कुनै झरना अथवा खोलाबाट लिइएको होइन । गहिरो डिप बोरिङबाट आउने पानीलाई नै शुद्धीकरण गरेर घरघरमा पु¥याइएको छ । अहिले बोर्डसँग करिब ३५ वटा डिप बोरिङ छन् । डिप बोरिङ थप्नलाई जग्गाको अभाव भएको छ । २०६४ भदौ ३१ गते भरतपुर खानेपानी व्यवस्थापन बोर्ड गठन भएको छ ।


