चितवन २१ बैशाख । भरतपुर महानगरपालिका वडा नं. १० को शान्तिइन्द्रेणी टोल विकास सस्थाले निर्माण गरेको गेटको आज उद्घाटन गरिएको छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल पछाडि रहेको टोलले निर्माण गरेको स्वागत गेटको महानगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष अरुणपीडित भण्डारीले उद्घाटन गर्नु भएको थियो । बालमैत्री तथा महिला हिंसा मुक्त टोल निर्माणको लागि अभियान चलाउदै आएको टोलले टोल भित्र प्रवेश गर्ने तीन स्थानमा गेट निर्माण गर्ने छ ।
दुइ वटा गेट निर्माण गरिसेकेको टोलले मुल गेट महेन्द्र राजमार्गको चितवन मेडिकल कजेल शिक्षण अस्पताल नजिकै बनाउनेछ । टोललाई नेपालकै नमुन टोल बनाउनको लागि फरक तरिकाले काम गरेको शान्ति इन्द्रेणी टोलका अध्यक्ष रेशम थापा ऋषिले जानकारी दिनु भयो । स्वागत गेटसंगै टोलवासीको सुरक्षाको लागि सिसि क्यामरा समेज जडान गरिएको छ । शान्ति सुरक्षामा सिसि क्यामरा जरुरी भएकाले यसलाई प्राथमिकता दिएको उहाले बताउनु भयो ।

गेट उद्घाटन कार्यक्रमपछि आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा वडा अध्यक्ष अरुणपीडित भण्डारीले महानगरलाई सुन्दर सुरक्षित बनाउनको लागि टोलहरुको सक्रियता सबैभन्दा महत्वपूर्ण भएको बताउनु भयो । वडा नगरलाई स्मार्ट बनाउनको लागि वडावासीहरु आफै सचेत हुनु पर्नेमा उहाको जोड थियो । वडा नं. १० मा रहेको चितवन माविको खाली जग्गामा सुन्दर पार्क निर्माणको लागि पहल भइराखेकाले यसको लागि टोलवासीको सहयोग आवश्यक रहेको उहाले बताउनु भयो । विद्यालयको जग्गामा महानगरपालिकाको आर्थिक सहयोगमा व्यवस्थित पार्क निर्माण हुने गरी अगाडि वढेको जानकारी दिनु भयो ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण पौडेल, वडा सदस्य नरिमाया लामा, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जिवी सुवेदी, दोभान पुस्तकालयका अध्यक्ष रामु वस्ती, सिसि क्यामरा सहयोग गर्ने महेश डिष्ट्रीव्युटरर्सका सञ्चालक महेश यादवले मन्वत्य राख्नु भएको थियो । टोलको गेट निर्माण तथा अन्य सहयोग गर्ने एस्कपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीलाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रम टोलका अध्यक्ष रेशम थापा ऋषिको अध्यक्षतामा सम्पन्न भएको थियो ।


