चितवन २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा नेपाल पत्रकार महासघ चितवन शाखाले आज प्रभात फेरि गरेको छ ।
पत्रकार महासघको कार्यालय भरतपुरबाट निस्केको र्यालि चौबिस कोठिमा पुगेर कोण सभामा परिणत भयको थियो । सभामा बोल्दै जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले अझै पनि पत्रकारले स्वतन्त्र पुर्वक लेख्न र बोल्न नपायको बताउनु भयको थियो ।
पत्रकारलाइ लेखेकै भरमा राज्य पक्षबाट धरपकट गर्ने जेल हाल्ने, स्वतन्त्र पुर्वक लेख्न नपाउने, आफै सेन्सरसिप हुनु पर्ने, सत्य कुरा लेख्न पनि डराउनु पर्ने जस्ता अबस्था कायम भयकाले यस्तो कार्यको बिरोध गरियको थियो । पत्रकारलाइ लेख्न देउ भन्दै आवाज उठाइयको थियो ।
कार्यक्रममा पत्रकार महासघ जिल्लाका पदाधिकारी प्रेस सगठनका केन्द्रीय सदस्य सुरेश चन्द्र अधिकारी, शालिग्राम नेपाल, शिशिर सिम्खडा, प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाल, क्रान्तिकारी पत्रकारका जिल्ला अध्यक्ष होमनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।


