चितवन १७ बैैशाख । “जानी नजानी” बोलको म्युजिक भिडियोलाई बजारमा ल्याएर चर्चा पायका गायक एवं मोडल कृष्णराज भट्टले फेरी अर्को म्यजिक भिडियोलाई बजारमा ल्याएका छन् ।
उहाले भर्खरै मात्र बजारमा ल्याएको म्युजिक भिडियो “सिउँदो तिम्रो” युवाहरुबीच चर्चित बन्दै गएको छ । शब्द, स्वर र म्युजिक कृष्णराज भट्टको रहेको उक्त म्युजिक भिडियोलाई डडुस पिक्चर प्रा.लि.ले इडिटिङ गरी बजारमा ल्याएको हो ।
राहुल क्षेत्रीले एरेन्ज गरेको उक्त भिडियोलाई रमेश लामिछानेले मिक्सिङ गरेका हुन् । कृष्णराज भट्ट, प्रभा खत्री र विजयराज लामाको मोडलिङ रहेको उक्त भिडियोमा जोसेप गहतराजले ड्रोम प्रोगामिङ्ग गरेका थिए । सोम मगरातीको कोरियोग्राफर रहेको उक्त म्युजिक भिडियोलाई डडुस गजुरेलले निर्देशन गरेका हुन् ।


