काठमाडौ ,१५ बैशाख । स्पेनिस ला लिगामा बार्सिलोना तीन खेल अगावै च्याम्पियन बनेको छ । कप्तान लिओनेल मेसीको निणार्यक एक गोलमा बार्सिलोनाले ३ खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेको हो ।
घरेलु मैदान नोउ क्याम्पमा ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा लेभान्टेमाथि १–० को महत्वपुर्ण जित निकाल्दै बार्सिलोना ती खेल अगावै च्याम्पियन बन्न सफल भएको हो ।
तीन खेल अगावै च्याम्पियन बन्ने क्रममा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ९ अंकले पछि पार्यो । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक रहेको छ ।


