विवेकशील साझा पार्टिको नाम परिवर्तन , राजनीतिक रणनीति समेत फेरबदल

काठमाडौं, १४ बैसाख । विवेकशील साझा पार्टीले आफ्नो नाम फेर्दै विभिन्न आठ नियर्णयहरु गरेको छ । पार्टीको नाम परिवर्तनसँगै उसले आफ्नो राजनीतिक रणनीति समेत फेरेको जानकारी गराएको छ ।

३ दिनसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले गरेका विभिन्न ८ बुँदे निर्णय आज राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

पार्टीले आफ्नो नाम विवेकशील साझा पार्टीबाट साझा विवेकशील पार्टी रहने गरी परिवर्तन गरेको छ । केही समयअघि छुट्टिएर गएकाहरुले पनि विवेकशील पार्टी नाम राखेकाले यसले आम मानिसहरुमा बुझ्नको लागि असहज नहोस् भन्नको लागि यस्तो गरिएको पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पार्टीले जेठको १ गतेदेखि कम्तिमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तरक्रिया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने उल्लेख गरेको छ ।

साथै अब पार्टी पूर्णरुपमा वृहत राष्ट्रिय स्वार्थ, मातृभूमिको सेवा र स्वाभिमान, भ्रष्टाचारमुक्त राज्य, सुसंस्कृत राजनीति र समतामुलक समृृद्धिप्रति प्रतिवद्ध रहेर आफ्ना रणनीतिहरु तय गर्ने निर्णयमा समेत पुगेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट