चितवन १३ वैशाख । मेरो आमा फाउण्डेशनले चितवनका मुसहर समुदायका छोराछोरीलाई शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १० कठारमा रहेको मुसहर बस्तीका बालबालिकालाई फाउण्डेशनले शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको हो । कठार माविका अध्ययन गर्ने मुसहर समुदायका ३१ जना बालबालिकालाई कक्षा १२ सम्म पढाउने जिल्ला लिइएको फाउण्डेशनका सञ्चालक नविन नेपालले जानकारी दिनु भयो । फाउण्डेशनले शिशुदेखि कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको शिक्षाका लागि सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ । सिमान्तकृत मुसहर समुदायका बालबालिकालाई पढाउने घोषणा सहित सो संस्थाले विद्यालयसंग लिखित सम्झौता समेत गरेको छ ।
फाउण्डेशनले बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको थियो । सम्झौता पत्रमा फाउण्डेशनका सञ्चालकहरु नेपाल र अष्ट्रिया निवासी दिनिज र विद्यालय विद्यालयका प्रधानाध्यापक कृष्ण घिमिरे हस्ताक्षर गर्नु भएको थियो ।


