चितवनमा रासायानीक मलको अभाव ,कृषक समस्यामा

चितवन ८ बैशाख । चितवनमा रासायानीक मलको अभाव भएको छ । चितवनका कृषकहरुले धानमा मल्ल छर्ने बेलामा युरीया मलको अभाव भएपछि अहिले कृषक समस्यामा परेका छन् ।
जिल्लामा प्रयाप्त मात्रामा रासायनिक मल नभएपछि कृषकहरु मर्कामा परेका छन् । रासायनिक मलको आपूर्ती र बिक्री वितरण गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भारतमा निर्वाचन भएकाले यहाँ समस्या भएको वताएका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड चितवनका अनुसार चितवनमा यति वेला युरीया मलको समस्या भएको वताएको छ । भने डिएपी र पोट्रास उपलव्ध रहेको वताएकोे छ ।
छिमेकि राष्ट्रि भारतमा यति वेला लोकसभाको निर्वाचन भएकोले अहिले बजारमा युरीया मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रवन्धक रविन्द्र गौतमले जानकारी दिनु भएको छ । गौतमका अनुसार चितवनमा मात्र नभएर नेपाल भर अहिले युरीया मलको अभाव देखिएको छ । चितवनमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल वितरण गर्दै आएका छन् । गौतमका अनुसार चितवनमा भने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत एक हप्ताभित्र मल आउने र कृषि सामग्री कम्पनी लिमिटेड मार्फत पन्ध्र दिन लाग्ने वताउनु भएको छ । जिल्लामा तत्काल अव करिव ५ सय मेट्रिकटन युरीया मल आवश्यक रहेको गौतमले वताए ।

शेयर गरौ

ताजा अपडेट