चितवन समाचारडटकम, ६ बैशाख ।
प्रदेश नम्बर ३ प्रदेश नीति तथा योजना आयोगले आज र भाेलि भरतपुरमा विशेष अन्तरक्रिया गरि नीजिक्षेत्रलाइ लगानीको आह्वान गर्दैछ । अायाेगले निम्नबमाेजिम अार्थिक,
सामाजिक र भौतिक लक्ष्यहरू निर्दिष्ट गरेकाे छ । (स्राेत : अायाेगकाे अाधारपत्र)
१. आर्थिक वर्ष ०७५/७६ मा वार्षिक औसत वृद्धिदर (कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ६. ३ प्रतिशत रहेकोमा योजनाको लक्ष्य आ.व. २०८०/८१ सम्ममा ११.२ प्रतिशत पु¥याउने,
२. कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ०.७ प्रतिशत रहेकोमा ५.५ प्रतिशत पु¥याउने,
३. गैरकृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ७.४ प्रतिशत रहेकोमा ११.७ प्रतिशत पु¥याउने
४. मुद्रास्फीति दर ४.५ प्रतिशत रहेकोमा ७ प्रतिशत पु¥याउने,
५. प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन १ लाख ९५ हजार रहेकोमा ४ लाख ५ हजार पु¥याउने
६. गरिबीको रेखामुनिको जनसङ्ख्या १५.३ प्रतिशत रहेकोमा ७ प्रतिशतमा झार्ने
७. मानव विकास सूचकाङ्क ०.५५८ रहेकोमा ०.६५० पु¥याउने
८. अपेक्षित आयु (वर्ष, जन्मेको समयमा) ६९.७ वर्ष रहेकोमा ७५ वर्ष पु¥याउने
९. खानेपानी सेवा पुगेको जनसङ्ख्या ६७ प्रतिशत रहेकोमा शत प्रतिशतमा पु¥याउने
१०. बिद्युत सेवामा पहुँच पुगेको जनसङ्ख्या ८५.६ प्रतिशत रहेकोमा ९५ प्रतिशत पु¥याउने
११. सिँचाइयोग्य भूमिमा सिँचाइ ५८ प्रतिशत रहेकोमा ६३ प्रतिशतमा पु¥याउने
१२. साक्षरता दर ७४.८५ रहेकोमा ९५ प्रतिशत पु¥याउने र
१३. माध्यमिक तहमा खुद भर्ना दर ४८.२ प्रतिशत रहेकोमा ५२ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।
(स्रोतः क्षेत्रगत विश्लेषणका आधारमा अनुमानित)
प्रदेशको आर्थिक विकास र समृद्धिको रणनीति
प्रदेशको विकासका मुख्य चालक वा उत्प्रेरकहरू देहाय बमोजिम छन् ः
१. गुणस्तरीय ग्रामीण तथा शहरी पूर्वाधार (सडक, खानेपानी, बिजुली, बिद्युतीय सञ्चार प्रविधि)
२. कृषिको व्यवसायीकरण, कृषिलाई उद्यमका रूपमा विकास र जैविक कृषिको प्रवर्द्धन र बिस्तार (विशिष्टीकृत कृषि),
३. विशिष्टीकृत सेवा र मानव श्रोतको विकास,
४. उद्योग (ठूला, मझौला, साना, घरेलु र लघु उद्यम)
५. सम्पदामैत्री गुणस्तरीय पर्यटन।


