चितवन समाचार डटकम, ४ बैशाख ।
भरतपुर महानगरपालिकाले नयाँ कार्यालय भवनको निर्माण थालेकोछ । एक करोड चार लाख रुपैयाँको लागतमा बनाउने भवनको आज महानगरपालिका परिसरमा नगरप्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । यही असार मसान्त सम्म भवन निर्माणको कार्य पुरा हुने नगर प्रमुख दाहालले बताउनुभयो । दुई तले प्रशासनिक भवनमा १६ वटा कोठा निर्माण हुनेछ । भवन शिलान्यास समारोहमा नगर उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदी, प्रवक्ता अरुणपीडित भण्डारी ,वडा अध्यक्षहरु, कर्मचारीहरु लगायत सहभागी रहनुभएको थियो ।


