चितवन समाचार डटकम, २ बैशाख ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौलीमा आज राती गुडी रहेको बसमा आगलागी भएको छ ।
भरतपुरमा मर्मत गरेर टाँडी तर्फ जाँदै गरेको ना ५ ख ३३६८ नम्बरको बसमा राति पाैने ९ बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
चालक र सह चालक बाहेक बसमा कोही नभएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । बस जलेर अाङ्शिक क्षति पुगेको छ । वसमा लागेकाे अागाे दमकल पुगेर निभाएकाे प्रहरीले जनाएकाे छ ।


