गुल्मीको बडिघाट खोलाको निर्माणाधीन पुल ढल्दा ५ जना घाइते

गुल्मी, २ बैसाख ।
गुल्मीको मुसिकोट नगरपालीकामा रहेको बडिघाट खोलामा निर्माण हुँदै गरेको पक्की पुल ढल्दा पाँच जना घाइते भएका छन् ।
मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सीमानामा पर्ने बडिघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको पक्की पुल आईतवार ढलान गर्ने क्रममा अचानक बेस भाचिएर ढल्दा निर्माण व्यवसायीसहित पाँच जना मजदुरहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्कालले जानकारी दिए ।
घाइते हुनेहरुमा चितवनका निर्माण व्यवसायी रिषीराम इटानी, मुसिकोट नगरपालीकाका रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेका छन् । घाइतेहरुलाई उपचारका लागि वाग्लुङ्गको हटिया लगिएको छ ।
घाइतेहरुमध्ये निर्माण व्यवसायी इटानी गंभिर रहेको प्रहरीले जनाएको छ । गएको तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको ५८ मिटर लम्बाई रहेको दुई वटा पिल्लरसहितको पुल ढलाई गर्नेक्रममा ढलेको हो ।

पुल निर्माणको जिम्मा वाईपी जनवुद्ध निर्माण सेवा काठमाडौंले पाएको थियो ।

शेयर गरौ

ताजा अपडेट