भारतको पुरानो जेट एयरवेज कम्पनी टाट पल्टियो, पाइलटले धमाधम जागीर छाड्दै

काठमाण्डौ २९ चैत । भरतीय जेट एयरवेज कम्पनी टाटपल्टेपछि अन्तररष्ट्रिय उडानहरु रद्द गरेको छ ।
जेट एयरवेज आर्थिक संकटमा फसेपछि आफ्ना सबै जहाजको उठान रद्द गर्नु परेको कम्पनीले जनाएको छ । भारतीय मिडियाहरुका अनुसार यसका साथै जेट एयरवेजले अन्य १० विमानहरुलाई पनि सेवाबाट हटाएको छ । यसरी जेटले हालसम्म ७९ विमानहरुलाई सेवाबाट हटाइसकेको छ ।
कम्पनीले समयमा तलव दिन छाडेपछि १०० पाइलटले राजीनामा दिइ सकेका छन् । गलत वित्तीय व्यवस्थापनका कारण जेटमा समस्या आएको पाइलटहरुले आरोप लगाएका छन् ।
जेटलाई ऋण प्रवाह गरेका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरेको छ । एसबीआई क्यापिटलले १२ अप्रिलबाट लिलाम बढाबढको प्रक्रिया सुरु गर्ने जनाएको छ । अन्तिम म्याद ३० अप्रिलसम्म तोकिएको छ ।
जेट एयरकै पूर्वअध्यक्ष नरेश गोयलले शेयर खरिद गर्ने चर्चा छ । नेरश गोयल र उहाकी पत्नी अनिताले गत २५ मार्चमा जेट एयरवेजको बोर्डबाट राजीनामा दिनु भएको थियो । उहाँहरुले जेट एयरवेजमा आफ्नो हिस्सा पनि घटाउनु भएको छ ।
जेट एयरवेज भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्समध्ये एक हो । जेट एयरवेज नेपालमा लगातार दुई वर्ष सबैभन्दा बढी पर्यटक भित्राउने कम्पनीका रुपमा स्थापित रहेको थियो ।
हाल यो एयरलाइन्स ११० करोड डलर घाटामा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । यदि जेट एयरवेज बन्द भयो भने २३ हजारको नोकरी जोखिममा पर्ने आँकलन गरिएको छ ।
१ अप्रिल १९९२ मा यो कम्पनी खुलेको थियो । १९९३ मा चार बोइङ ७३७ विमानको साथमा पहिलो पटक उडान सेवा सुरु गरेको यो कम्पनी २०१२ मा आइपुग्दा भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको थियो । तर, सन २०१८ देखि यो आर्थिक संकटमा परेको थियो ।
गत हप्तामात्र जेट एयरवेजका २५० भन्दा कर्मचारी जागिरको खोजीमा स्पाइसजेटमा गएको खबर सार्वजनिक भएको थियो ।
गत अप्रिल र जुनमा गरी जेट १३ अर्ब २३ करोड भारु घाटामा गएको छ । कर्मचारी खर्च १२.६ प्रतिशत बढेर ८ अर्ब १६ करोड २९ लाख भारु पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । अघिल्लो वर्षको तुलनमा सन् २०१८ मा जेटको खर्च १७ प्रतिशत बढेर ३१ अर्ब ७४ करोड पुग्ने अनुमान गरिएको छ । जेटको संचित नोक्सान बढेर १ खर्ब भारु नाघेको छ । कम्पनीको कुल कर्जा ८४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट