चितवन समाचार डटकम
२६ चैत । विद्युतको पहुच नपुगेका कालिका नगरपालिकाको एकसय ७ विपन्न परिवारलाई निःशुल्क सोलार प्यानल वितरण गरेको छ ।
उज्यालोबाट बन्चित भएका विपन्न तथा चेपाङ वस्तीमा सोलार प्यानल वितरण गरेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनु भयो । वहुसख्यक गरिब तथा चेपाङ समुदाय रहेको क्षेत्रमा उज्यालो पु¥याउनको लागि सोलार वितरण गरेका हौ श्रेष्ठले भन्नु भयो ‘ अब कोही पनि विद्युतको पहुचबाट टाढा हुने छैन ।’
नगरपालिकाको केही वडाहरु शक्तिखोर र सिद्धिको पहाडी क्षेत्रमा विद्युत पुग्न सकेको छैन । ती क्षेत्रमा सोलार मार्फत विद्युतको पहुच पु¥याउन नगरपालिकाले काम गरेको उहाले बताउनु भयो । नगरपालिकाको वडा नं. ८ मा ४३ घर धुरी र वडा नं. ९ मा ६४ घर धुरीलाई सोलार वितरण गरेको हो ।
२० वाट क्षमताको सोलार प्यानलबाट हरेक घरमा चारवटा वत्ती बाल्न सकिने नगरपालिकाले जनाएको छ । १०७ वटा सोलार प्यानल नेपाल सरकारको अनुदानमा खरिद गरी उपलब्ध गराइएको हो । सोलार वितरण कार्यक्रममा सम्वोधन गर्दै नगरप्रमुख श्रेष्ठले भन्नु भयो ‘ म यहाँका जनतालाई यसको सही सदुपयोग गर्न आग्रह गर्दछु ।’ विद्युतीकरण हुन नसकेका अरु वस्तीमा पनि सोलार वितरण गरिने छ ।
स्थानीय जनताको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न नगरपालिका योजना वद्धरुपमा लागेको भन्दै प्रमुख श्रेष्ठले यस्ता गाउहरुमा छिट्टै विद्युतीकरणको योजना अगाडि वढाइने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख कमला भट्टराइले गरिब विपन्न वर्गलाई विकासको अनुभुती गराउन कार्यालय पहल गरेको बताउनु भयो । उहाले भन्नु भयो ‘हाम्रो नगरवासीहरु समान हुन सबैलाई आधुनिक सुविधा उपभोग गराउने दाियत्व नगरको हो ।’
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष इमप्रसाद अधिकारी र वडा नं. ९ का अध्यक्ष हेम डल्लाकोटीले विपन्न वर्गलाई निःशुल्क सेलार प्यानल वितरण गरेकोमा खुसी व्यक्त गर्नु भयो । स्थानीय सोम चेपाङले टुकीको उज्यालोमा वस्ने दिन अव गएको भन्दै नगरपालिकालाई धन्यवाद दिनु भयो । घरायसी काम गर्न र बालबालिका पढ्नको लागि सहज हुने भन्दै उहाले खुसी व्यक्त गर्नु भयो ।
यस अघि नगरपालिकाले वडा नं. १० को तीन दोभान र वडा नं. ११ को रन्पेचमाका विपन्न चेपाङ वस्तीमा ६२ घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको थियो । नगरपालिकाको केही वडाका चेपाङ वस्तीमा सडक र विद्युतको सहज पहुच अझै पूग्न सकेको छैन ।


