चितवनको कुरिनटारमा सामाजिक व्यक्ति पुरस्कृत

रोहिणी त्रिपाठी

चितवन २५ चैत । समाजको लागि योगदान पु¥याएको भन्दै चितवनको कुरिनटारमा विभिन्न व्यक्तिहरु पुरस्कृत भएका छन् ।
नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुरस्कार कार्यक्रममा साहित्य, शिक्षा र संरक्षणका क्षेत्रमा योगदान गरे वापत पुरस्कार वितरण गरिएको हो । प्रतिष्ठानले महाकबि लक्ष्मीप्रसाद देबकोटा पुरस्कारबाट केदारनाथ खनाललाई पुरस्कृत गरेको छ । त्यस्तै गरी शर्व शान्ति मा.बि. र इच्छाकामना मन्दिर संरक्षण समीति पुरस्कृत भएका छन् ।
इच्छाकामना गाउपालिकाकी अध्यक्ष गिता गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायण पाण्डेको सभापतित्वमा कार्यमm भएको थियो । कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक पुर्ण अधिकारी ,शर्वशान्ति विद्यालयका प्रधानाध्यापक जोन खरेल, पुर्व प्रधानाध्यापक एकराज पोखरेल, शिक्षक कृष्णप्रसाद पोख्रेल, पुरस्कृत केदारनाथ खनालले नित्यराज पाण्डेको वारेमा प्रकाश पार्नु भएको थियो ।
नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठान २०७२ सालमा स्थापना भएको हो । पाण्डेले २०१६ सालमा महाकबि लक्ष्मीप्रसाद देवकोटाको जीवन सम्बन्धी किताब प्रकाशन गर्नु भएको थियो । त्यस भन्दा अगाडि देबकोटाको बारेमा कुनै पनि किताब लेखिएको थिएन । सो किताब लेखे बापत पाण्डेले मदन पुरस्कार प्राप्त गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट