नि : शुल्क आँखा शिविर सम्पन्न

भरतपुर, २५ चैत :

भरतपुर आँखा अस्पताल र नेपाल चस्मा व्यवसायी संघ चितवनको आयोजनामा नि शुल्क आँखा शिविर सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं २१ पहारीलोटारमा रहेको भानु माध्यामिक विद्यालयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नि शुल्क आँखा जाँचका साथै औषधी र चस्मा पनि वितरण गरेको नेपाल चस्मा व्यवसायी संघ चितवन अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । “३ सय ६५ जनाले आखाँ जाँच गरेका छन् ।” उहाँले भन्नुभयो,“१३ जनालाई मोतियाविन्दु देखिएकाले भरतपुर आँखा अस्पतालमा अप्रेसनका रिफर गरिएको छ ।” शिविरमा भरतपुर आँखा अस्पतालका नेत्र अधिकृत दामोदर बरालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

महानगरपालिका वडा नं २१का वडाध्यक्ष चित्रसेन अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल चस्मा व्यवसायी संघ चितवन अध्यक्ष प्रकाश पौडेल,विद्यालयका प्र.अ दामोदर बराल लगायतले बोल्नुभएको थियो ।

भानु माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

शेयर गरौ

ताजा अपडेट