उत्कृष्ट विद्यार्थीलाई वेभ एजुकेशनको सम्मान

चितवन २५ चैत । वेभ एजुकेशन एकाडेमी भरतपुरले आफ्नो इन्ष्टिच्युटमा अध्ययन गरी विभिन्न प्रवेश परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।
एकाडेमीका अध्यक्ष डाक्टर दीपक तिवारीको अध्यक्षता तथा पोलिटेक्निक इन्ष्टिच्युटका प्रिन्सिपल इन्जिनियर बाबुराम उपाध्यायको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मण अर्याल, एफयुका उपप्राध्यापक सरोज सापकोटा, मिलेनियम मोडल कलेजका प्रमुख इश्वरराज पण्डित, इक्यानका केन्द्रीय सदस्य वाइवी पौडेललगायतले बोल्नु भएको थियो ।
यस इन्ष्टिच्युटमा अध्ययन गरेका दुइसय १७ जनाले अध्ययन गरेकोमा ११७ जनाले नाम निकाल्न सफल भएको प्रवन्ध निर्देशक सुरज ज्ञवालीले बताउनु भयो । कार्यक्रममा विएस्सी एजीमा प्रवेश परीक्षामा उत्कृष्ट हुने कपिल सिंखडा, आशिष कुमाल, सृष्टी शिवाकोटी र विएस्सी प्रवेश परीक्षामा उत्कृष्ट हुने जेशिस ओझालाई सम्मान गरेको प्रिन्सिपल देव पाठकले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि इन्जिनियर उपाध्यायले दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा अत्यावश्यक रहेको बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट