चितवन समाचार डटकम
चितवन २२ चैत । इच्छाकामना गाउपालिकामा आगलागीबाट पीडित भएका चेपाङ परिवारलाई आज सांसदसहितको टोलीले राहत वितरण गरेको छ ।
गाउपालिका वाड नं. २ फौदतका तीन परिवारलाई आज घरमा पुगेर निर्वाचन क्षेत्र नं. २ का कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले राहत सामग्री वितरण गर्नु भएको हो ।
आगलागीमा परी रामचन्द्र प्रजाका छोरा शिव प्रजाको मृत्यु भएको थियो । अन्य तीनघरमा पनि आगलागी भएर घर जलेर नष्ट भएको थियो । आज वितरण गरिएको राहतमा रु ५५हजार, चेपाङ सघबाट जस्ता पाता मस्र्याङदी बहुउधेश्यीय सहकारी संस्था मुग्लिनबाट खाध्यान्न वितरण गरिएको थियो ।
आगलागीबाट रामचन्द्र प्रजा, रामकृष्ण प्रजा र दीपक प्रजाको घरजलेर नष्ट भएको थियो । नेकपा पाटी इच्छाकामना गाउपालिकाका कृष्ण सिलवाल, स्थानीय जुनाराज भण्डारी, प्रताप गुरुङ्ग, तेजबहादुर शेरचन, दानबहादुर गरुङ्ग, किशोर गुरुङ्ग, एकराज पोख्रेल, कुमार श्रेष्ठ, प्रदेश ३ का सदस्य प्रकाश अधिकार, इच्छाकामना गाउँपालिका वाड नं,२ का अध्यक्ष्य पंन्चु चेपाङको सहभागीता रहेको थियो ।


