देवघाटको बृद्धाश्रममा बासिङ मेसिन सहयोग

चितवन समाचार डटकम
चितवन २२ चैत । देवघाट समाज कल्याण बृद्धाश्रमलाई ललितपुर महानगरपालिका वडा नं. १४ बाट सहयोग प्राप्त भएको छ ।
महानगरपालिकाले आश्रममा रहेका बृद्धबृद्धाहरुको चिकित्सकको टोलीले स्वास्थ्य उपचार गरी सहयोग गरेको छ । उपचारबाट केही समस्या देखिएका बृद्धहरुलाई औषधि समेत वितरण गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनु भयो ।
टोलीले बृद्धबृद्धाहरुको कपडा सरसफाइ गर्न सहज बनाउन कपडा धुने मेसिन (वासिङ मेसिन) समेत सहयोग गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनु भयो । करिब रु ९० हजार मुल्यको बासिङ मेसिन सहयोग गरेको हो ।
आफ्नो कपडा आफै धुदै आएका बृद्धहरुको लागि वासिङ मेसिन आएपछि सरसफाइमा ज्यादै सहयोग पुग्ने घिमिरेले बताउनु भयो । उहाँहरुको स्वास्थ्यमा ध्यान दिएर युरोगार्ड, कपडा समेत सहयोग गरेको उहाले जानकारी दिनु भयो । आश्रममा बस्ने बृद्धबृदाको लागि सहज बनाउन क्षेत्र विकास समितिको तर्फबाट अन्य काम पनि भएको उहाले जानकारी दिनु भयो । सुरक्षाको लागि भन्दै यस अगाडि सिसि क्यामरा समेत जडान गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट