चितवन समचार डटकम,
२१ चैत । प्रदेश नम्बर ३ स्तरीय सन्चारकर्मीहरुकालागि एक दिने अन्तरक्रिया कार्यक्रम चितवनको नारायणगढमा बिहीवार सकिएको छ ।
बाल अधिकार तथा उनीहरुको सम्बेदनालार्इ ध्यानमा राखेर मात्र व्यवहार गर्नु पर्दछ भन्ने विषयमा छलफल केन्द्रीत थियो । कार्यक्रम सम्बोधन गर्दै नेपाल पत्रकार महासघका अध्यक्ष गोविन्द आचार्यले बालबालिकाको विषयमा समाचार लेख्दा धेरै कुरामा बिचार पुर्याउनु पर्नेमा जोड दिनु भयो । आजका बालबालिका भोलिका कर्णधार भयकाले हरेक कुरालाइ ध्यान दियर मात्र समाचार लेख्नु पर्ने बताउनु भयो । बाल अधिकारको हनन् भय न भयको विषयमा समाचार लेख्दा त्यसले समाजमा पारेको असर, परिवारमा हुने प्रभाव, उसको भविश्य सबैलाइ ध्यान दिनु पर्नेमा जोड दिनु भयो । समाचार लेखिरहदा समाज प्रती आफ्नो दायित्व के हो भन्ने कुरा पनि बुझ्ननु पर्ने बताउनु भयो ।
एउटै समाचारले बालबालिकाको भविश्य सम्वन्धी प्रभाव पार्ने भएकाले कुन विषय कसरी उठाएको छु भन्ने कुरा ध्यान दिन सके बालअधिकार सुनिश्चित हुने उहाँको भनाइ थियो । केन्द्रीय बाल कल्याण समितिका परियोजना सम्योजक आत्मराम थापाले बाल अधिकार सम्वन्धी चेतना फैलाउने दायित्व पत्रकारमा रहेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य राख्नु भएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय केन्द्रीय कल्याण समितिको अयोजनामा भएको कार्यक्रमको नेपाल पत्रकार महासंघ चितवन शाखाले समन्वय गरेको थियो ।


