पत्रकार महासङ्घ चितवनका पुर्व अध्यक्षहरु सम्मानित

चितवन समाचारडटकम, १६ चैत ।

नेपाल पत्रकार महासङ्घ चितवनले जिल्लाका पुर्व अध्यक्षहरुलाई सम्मान गरेकाे छ ।

६४ अाै स्थापना दिवसकाे अवसरमा महासङ्घकाे संस्थागत विकासमा याेगदान पुर्याएकाे भन्दै पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयाे । सम्मानित हुनेहरुमा पुर्व अध्यक्षहरु महेन्द्र श्रेष्ठ, जनक अर्याल , कृष्ण गिरि र हरिप्रसाद पाेखरेल रहनुभएकाे छ । कार्यक्रममा अन्य अध्यक्षहरु जिल्ला वाहिर रहनुभएकाले अनुपस्थित थिए । लाेकतान्त्रिक गणतन्त्रको स्थापना , प्रेस स्वतन्त्रता र महासङ्घ शाखाकाे भाैतिक विकासमा यसअघि भएका कार्यप्रगतिवारे पुर्व अध्यक्षहरुले प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकाेटिले जिल्लाका पत्रकारहरुले यहाँको बिकास र राजनीतिक अान्दोलनमा खेलेकाे भुमिकाकाे प्रशंसा गर्नुभएको थियोे ।

उहाँले तत्कालीन जिविसले महासङ्घलाई उपलब्ध गराएकाे भवन निर्माण स्थललाई स्वामित्व दिलाउन सहजिकरण गर्ने बताउनुभयाे ।

कार्यक्रममा महासङ्घ केन्द्रीय सदस्य श्रृजना अर्याल, प्रेस सङ्गठनका नेता चिन्तामणि पाैडेल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

शेयर गरौ

ताजा अपडेट