चितवन समाचारडटकम
चितवन, १६ चैत :
चितवनको भरतपुरमा रहेको अभियान मोटर्स प्रा.लिले ईसुजु ब्याडको डि म्यास सिन्गल क्याव गाडी बजारमा ल्याएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि जापानमा उत्पादित गाडी बजारमा ल्याएको जनाएको हो । कार्यक्रममा बोल्दै अभियान मोटर्सका प्रवन्ध निर्देशक डा.वेद प्रसाद गौतमले अरु गाडीको तुलनामा १० देखि १५ प्रतिशत सम्म बढि समान ओसार पोसार गर्न सकिने बताउनुभयो । “ नेपाली बजारमा अहिले पहिलो २५० ओटा गाडीमा विशेष छुट छ,” उहाँले भन्नुभयो,“ नेपाली बजारमा ईसुजु ब्याडको डि म्यास सिन्गल क्याव गाडीको मुल्य अहिले २४ लाख ९० हजार रुँपैया रहेको छ ।” उत्कृष्ट इन्जिनियरीङ, स्टाईल, सेफ्टी र आरामदायी विशेषतालाई बढवा दिँदै यी नयाँ गाडी बजारमा ल्याएको कम्पनीको संचालक वेद प्रसाद आचार्यको दावी रहेको छ ।

गाडीकोे २ हजार टन सम्म बोक्न सक्ने क्षमता रहेको छ । “यो गाडीको मुल्य अहिले भारतको तुलना १ लाख ५० हजार सम्म कम छ,” संचालक आचार्यले भन्नुभयो । गाडी खरिद गर्न आउने ग्राहकलाई मध्यनजर गर्दै पहिले १ वर्षको कर र ईन्सुरेन्य कम्पनीले नै ब्योहोने जनाएको छ ।
विगत ३ वर्ष देखि अभियान मोटर्सले ईसुजु ब्याड गाडी बिक्री गर्दै आएको बजार प्रबन्धक अनिल घिमिरेले जानकारी दिनुभयो । अभियान मोटर्स प्रा.लि ईसुजु ब्याडको आधिकारिक डिलर हो ।


