दाङ, माघ ७-
राप्ती ईन्जिनियरिङमा अध्यनरत विद्यार्थीहरुले हात खुट्टा गुमाएका कृष्ण ओलीलाई सहयोग गरेका छन् ।
कलेजमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरुद्धारा सहयोग संकलन गरेको सहयोग संकलन अभियानका संयोजक देबराज कार्कीले जानकारी दिनुभयो । पहिलो बर्ष बि.ई सिभिलको विद्यार्थीका तर्फबाट ५ हजार ७ सय २०, दोश्रो बि.ई सिभिल ४ हजार ६ सय २५,तेश्रो बि.ई सिभिल ७ हजार ७ सय चौथो बि.ई सिभिल एक हजार, दोश्रो बि.सि.ए.को तर्फबाट ६ सय ५ र शिक्षक तथा कर्मचारीका तर्फबाट ९ हजार २ सय ८० रुपैयाँ गरी जम्मा २८ हजार ९ सय ३० रुपैयाँ सहयोग प्रदान गरेको कार्कीले जानकारी दिनुभयो ।
संकलित सहयोग रकम एक कार्यक्रमका विच पिडित कृष्ण ओलीलाई हस्तान्तरण गरिएको थियो । सहयोग संङकलन अभियानका संयोजक देबराज कार्कीले कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीलाई पैसा जम्मा गरेको भौचार हस्तान्तरण गर्नु भएको थियो । त्यस अबसरमा बोल्दै निर्देशक गिरीले समाज ओलीको उपचारका लागि सहयोग प्रदान गरेको वताउँनुभयो ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी सेमत रहनु भएका गिरीले अप्टेरोमा परेकालाई सहयोग गर्नु सबै भन्दा ठुलो धर्म हुने उल्लेख गर्नुभयो । कलेजमा अध्ययनरत विद्यार्थीले खाजा कटाएर दिएको पैसा ओली परिवारलाई सहयागे गरेको वताउँनुभयो ।
सहयोग संकलन अभियानका संयोजक देबराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विकास जिसीले गर्नु भएको थियो ।
इलेक्ट्रिक सब इन्जिनियर पढेका ओली रुकुम सिम्लिका हुन ।


