चितवन, चैत्र १४
चितवन ग्रीन लायन्स क्लबको अध्यक्षमा लायन किशोरचन्द्र सापकोटा चयन भएका छन् । पिप्रहर सामुदायिक होम स्टे रहजर नवलपरासीमा सम्पन्न क्लबको पाचौँ वार्षिक साधारण सभा तथा अधिबेसनले सापकोटालाई लायन बर्ष २०१९र२० को लागि अध्यक्षमा चयन गरेको हो ।क्लबको प्रथम उपाध्यक्षमा ला। ई सुमन कोइराला, द्दितिय उपाध्यक्षमा ला। जीवन रिजाल, तृतिय उपाध्यक्षमा ला। गुणराज दाहाल चयन भएका छन् । यस्तै क्लबको सचिवमा ला।समुन्द्र अर्याल, सह सचिवमा ला।बिनोद प्रधान, कोषाध्यक्षमा ला। भविन गुरुङ, सह कोषाध्यक्षमा ला। दीपेन्द्र कार्की चयन भएका छन् ।
कार्यक्रम २ शत्रमा सम्पन्न भएको थियो । पहिलो शत्रमा बर्तमान कार्यसमितीमा रहेका कोषाध्यक्ष बिनोद प्रधान, सचिव युवराज कार्की तथा अध्यक्ष डिल्लिराम अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै दोस्रो शत्रका लागि संस्थापक अध्यक्ष भोज बहादुर खड्काको संयोजकत्वमा ४ सदस्सिय निर्वाचन कमिटी गठन गरिएको थियो ।उक्त कमिटीमा क्लबका पुर्व अध्यक्षहरु ला। प्रकाश पौडेल, माधव रेग्मी, र दिपकचन्द्र भट्टराई रहेका थिए । पहिलो शत्र क्लबका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दोश्रो शत्रबाट निर्विरोध रुपमा क्लबको नयाँ कार्यसमिती चयन भएको हो । नयाँ कार्यसमितीको पदावधी १ बर्षको हुनेछ । क्लबका नव निर्वा्चित अध्यक्ष सापकोटाले बर्तमान कार्यसमिती, निर्वाचन कमिटी एवं सर्वसम्मत चयन गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका छन् । यस्तै उनले नव निर्वा्चित अन्य पदाधिकारीहरुलाई बधाई दिदै लायनबादको सिद्दान्त अनुसार सेवामुलक काममा नै क्लबलाई अघी बढाउने प्रतिबद्दता समेत जनाएका छ्न् ।


