भरतपुरमा स्वरोजगार शिक्षालय खुल्यो, अटो मेकानिकल सेवा कार्यालय परिसरमानै

चितवन समाचार डटकम
चितवन ९ चैत । चितवनको भरतपुरमा ठुलो लगानीमा प्राविधिक शिक्षालय सञ्चालनमा आएको छ ।
यहाँका युवाहरुको पहलमा चितवन ह्युमन रिसोर्सेस डेभलपमेन्ट सेन्टर प्रालि सञ्चालनमा आएको हो । सिटिइभीटीबाट स्वीकृति प्राप्त रिसोर्सेस सेन्टरमा तालिम दिनुका साथै सेवा समेत सञ्चालनमा ल्याएको सञ्चालक वासु रिमालले जानकारी दिनु भयो ।
यहाँ विल्डिङ इलेक्ट्रिसियन, प्लम्बिङ, अटो मेकानिकल, वर्कशप , डकर्मी, तथा साधारण कुकको तालिम निःशुल्क दिने व्यवस्था रहेको सञ्चालक रिमालले बताउनु भयो । निम्न मध्यम वर्गका युवाहरुलाई प्राविधिक तालिम मार्फत स्वरोजगार गराउनु सस्थाको लक्ष्य रहेको उहा बताउनु हुन्छ । सिटीइभिटीको पाठ्यक्रम अनुसारनै अध्यापन गर्ने भएकाले यहाँ अध्ययन गर्दा आफ्नो भविश्य सुनिश्चित हुने रिमालको दावी छ ।
एक करोड १५ लाखको लगानीमा सञ्चालनमा आएको सस्थामा अटो केयर, ज्याक वास, अटो पार्टस, रेष्टुरेन्टलगायतको सेवा दिइराखेको छ ।

शेयर गरौ

ताजा अपडेट