भरतपुर–२१ मा चोरीका घटना बढेपछि प्रहरी गस्ती बढाउन माग

 

चितवन, २७ असोज । भरतपुर महानगरपालिका–२१ मा चोरीका घटना बढ्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० वडा कमिटीले चोरी नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ ।
रास्वपा भरतपुर–२१ वडा कमिटीले वडा प्रहरी कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै चोरीका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न र नियमित प्रहरी गस्ती बढाउन माग गरेको हो ।
वडा कमिटीका सभापति शमशेरबहादुर ढकाल खत्रीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वडा नं। २१ का विभिन्न स्थानमा चोरीका घटना बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । चोरीका घटनाले स्थानीय बासिन्दामा असुरक्षा र त्रासको वातावरण सिर्जना गरेको ज्ञापनपत्रमा जनाइएको छ ।


कमिटीले चोरीका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, नियमित प्रहरी गस्ती बढाउन तथा नागरिकको धनमाल र जनधनको सुरक्षा सुनिश्चित गर्न प्रहरीसँग आग्रह गरेको छ ।
स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दै चोरीका घटना नियन्त्रण गर्न आवश्यक पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको वडा कमिटीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट