लायन्स क्लब भरतपुरद्वारा मानवसेवा आश्रममा भोजन

चितवन । लायन्स क्लब अफ भरतपुरले चितवन मानवसेवा आश्रममा भोजन खुवाएको छ ।

‘मानव सेवामा लायन्स’ भन्ने मानवीय नाराका साथ क्लबले भोजन कार्यक्रम आयोजना गरेको हो । क्लबका अध्यक्ष शालिग्राम नेपालका छोरा अद्वैत नेपालको छैटौँ जन्मदिनको अवसरमा क्लबले आश्रममा रहेका व्यक्तिलाई भोजन खुवाएको हो ।

कार्यक्रममा लायन्स क्लब ३ नं. क्लस्टरका पिआरओ अजामिन ढकालले मानवीय सेवाका क्षेत्रमा लायन्सले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि मानव सेवाका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लायन्स क्लब भरतपुरका पूर्वअध्यक्ष अनुजराज पन्तले मानव सेवा सबैभन्दा ठूलो सेवा भएको बताउनुभयो । उहाँले लायन्स क्लब भरतपुरले लामो समयदेखि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राममणि अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष सन्तोष मजाकोटी, कोषाध्यक्ष सुशील रेग्मीलगायतको सहभागिता थियो ।

शेयर गरौ

ताजा अपडेट