प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख तीन हजार सहयोग

 

चितवन, २५ भदौ । रसुवा, नुवाकोट र धादिङमा भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले कृषि विकास बैङ्कका पूर्वकर्मचारी समाज चितवन–नवलपुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख तीन हजार ३५२ रुपियाँ सहयोग गरेको छ ।

समाजमा आबद्ध १०३ जना सदस्यबाट सङ्कलन गरिएको उक्त रकम कृषि विकास बैङ्कमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो ।

रकम जम्मा गरेको भौचर समाजका अध्यक्ष प्रमोदबाबु तिवारीले बिहीबार एक कार्यक्रमबिच चितवनका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

बाढीपहिरोबाट ज्यान गुमाएका, बेपत्ता, घाइते तथा घरबारविहीन भएका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले रकम सङ्कलन गरिएको समाजले जनाएको छ ।

समाजले विपत्को समयमा सहयोग गर्ने सबै सदस्यप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

शेयर गरौ

ताजा अपडेट