स्टार्स मन्टेश्वरीका ३९ खेलाडीलाई तेक्वान्दो ग्रेडिङमा प्रमोसन

चितवन समाचारदाता
भरतपुर, भदौ ८ गते ।

स्टार्स मन्टेश्वरी एकेडेमीको भगिनी संस्था स्टार्स तेक्वान्दो डोजाङको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा २०८३ सालको पहिलो तेक्वान्दो ग्रेडिङ टेस्ट सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका–११, मालपोत चोकस्थित स्टार्स मन्टेश्वरी एकेडेमीमा शनिबार सम्पन्न ग्रेडिङ टेस्टमा विद्यालयमा अध्ययनरत ३९ जना खेलाडी नानीबाबुले सहभागिता जनाउनुभएको थियो । ग्रेडिङमा छ जना खेलाडीले डबल प्रमोसन र ३३ जनाले सिङ्गल प्रमोसन प्राप्त गर्नुभएको विद्यालयले जनाएको छ ।

ग्रेडिङ टेस्टमा सहभागी खेलाडीले शारीरिक अभ्यास, किक, बेसिक, पुम्से, अनुशासन तथा तेक्वान्दोका विभिन्न सीप प्रस्तुत गर्नुभएको थियो । नेपाल तेक्वान्दो संघका प्रतिनिधि तथा राष्ट्रिय रेफ्री सोमबहादुर दराईले खेलाडीको उमेर, प्रशिक्षणको स्तर, अनुशासन, शारीरिक सन्तुलन, आत्मविश्वास तथा तेक्वान्दो सीपको मूल्याङ्कन गर्नुभएको थियो ।

डबल प्रमोसन प्राप्त गरी पहेँलो–हरियो बेल्ट हासिल गर्ने खेलाडीमा प्रान्शी थापा, रोवन गुरुङ, नृत्य पौडेल, आरभ अधिकारी, आर्यभ पाण्डे र स्पन्दन कार्की रहनुभएको छ ।

त्यस्तै सिङ्गल प्रमोसन प्राप्त गरी पहेँलो बेल्ट हासिल गर्नेमा रोनिन श्रेष्ठ, क्रिजय पौडेल, श्रीनीका हमाल, बियान्सा पौडेल, अभिन श्रेष्ठ, सागरिक अर्याल, आर्याश्री पौडेल, नितिक अधिकारी, इभानी परियार, निर्भी अधिकारी, साईल्स भट्टराई, सुयोग पण्डित, अद्भिक थापा, अर्थव बुढाथोकी, श्रीयांशी दाहाल, अध्दैत नेपाल, अर्पण पौडेल, श्रृजु घिमिरे, कभिस सागर कर्मचार्य, आरूष रेग्मी, रेयान्स रेग्मी, रसिका भट्टराई, अक्षत जंग के.सी., अर्पित लोहनी, एलोन काप्री, स्नेहा भण्डारी, रियान्स अर्याल, रिहान्स अर्याल, श्रीयान्स भुजेल, एरिक थापा, सक्षम गुरुङ, न्युटन भट्टराई र अभ्युदय श्रेष्ठ रहनुभएको छ ।

विद्यालयकी कोअर्डिनेटर सोनी थापाले साना बालबालिकाले उत्साह र आत्मविश्वासका साथ तेक्वान्दो सीप प्रस्तुत गरेको देख्दा विद्यालय परिवार उत्साहित भएको बताउनुभयो । उहाँले बालबालिकालाई पढाइमा मात्र नभई शारीरिक र मानसिक रूपमा स्वस्थ, अनुशासित, आत्मविश्वासी र आत्मनिर्भर बनाउने उद्देश्यले नियमित तेक्वान्दो प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो ।

“नियमित तेक्वान्दो प्रशिक्षणपछि नानीबाबुहरूको आत्मविश्वास, अनुशासन र शारीरिक सक्रियतामा आएको सकारात्मक परिवर्तन हाम्रा लागि ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो ।

उहाँले प्रमोसन प्राप्त गर्ने सम्पूर्ण खेलाडीलाई बधाई दिँदै बेल्ट प्राप्त गर्नुभन्दा नियमित अभ्यास, अनुशासन र सिक्ने चाहना महत्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य समस्याका कारण ग्रेडिङमा सहभागी हुन नसकेका खेलाडीलाई समेत स्वास्थ्यलाभपछि छुट्टै ग्रेडिङ टेस्टको अवसर दिइने उहाँले जानकारी दिनुभयो ।

स्टार्स तेक्वान्दो डोजाङका प्रशिक्षक डिलराम परियारले ग्रेडिङमा खेलाडीको प्रदर्शन सन्तोषजनक र उत्साहजनक रहेको बताउनुभयो । उहाँले ग्रेडिङ टेस्ट एउटा बेल्टबाट अर्को बेल्टमा जाने प्रक्रिया मात्र नभई नियमित प्रशिक्षणबाट सिकेको सीप, अनुशासन, आत्मविश्वास र मेहनतको मूल्याङ्कन भएको बताउनुभयो ।

“बेल्टको रङ परिवर्तनसँगै खेलाडीको जिम्मेवारी पनि बढ्दै जान्छ,” उहाँले भन्नुभयो ।

सानै उमेरदेखि तेक्वान्दो प्रशिक्षणले बालबालिकाको शारीरिक सन्तुलन, लचकता, सहनशीलता, एकाग्रता र आत्मविश्वास विकासमा सहयोग पुग्ने प्रशिक्षक परियारले बताउनुभयो । नियमित प्रशिक्षणले अनुशासन, समूहमा काम गर्ने क्षमता, आपसी सम्मान, सहकार्य र खेलभावनाको विकासमा समेत सहयोग गर्ने उहाँको भनाइ छ ।

स्टार्स मन्टेश्वरी एकेडेमीले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासका लागि पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ । विद्यालयले विगत पाँच वर्षदेखि नियमित रूपमा तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

विद्यालयका अनुसार यस अवधिमा धेरै खेलाडीले कालो बेल्ट प्राप्त गरिसकेका छन् । नेपाल तथा भारतमा आयोजना भएका विभिन्न तेक्वान्दो प्रतियोगितामा सहभागी भई विद्यालयका खेलाडीले विभिन्न पदकसमेत प्राप्त गरेका छन् ।

विद्यालयमा सोमबारदेखि शुक्रबारसम्म दैनिक एक घण्टा तेक्वान्दो प्रशिक्षण सञ्चालन हुँदै आएको छ । बालबालिकाको उमेर र क्षमताअनुसार आधारभूत शारीरिक अभ्यास, विभिन्न किक, ब्लक, पुम्से तथा आत्मरक्षासम्बन्धी सीप सिकाइँदै आएको विद्यालयले जनाएको छ ।

वि.सं. २०६७ सालमा भरतपुर–११, मालपोत चोकमा स्थापना भएको स्टार्स मन्टेश्वरी एकेडेमीले मन्टेश्वरी पद्धतिमा आधारित बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद, कला, संस्कृति, जीवनोपयोगी सीप तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको जनाएको छ ।

ग्रेडिङ टेस्ट सम्पन्न गर्न सहयोग गर्ने नेपाल तेक्वान्दो संघका प्रतिनिधि तथा राष्ट्रिय रेफ्री सोमबहादुर दराई, प्रशिक्षक डिलराम परियार, विद्यालय परिवार, अभिभावक तथा सहभागी खेलाडीप्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ ।

शेयर गरौ

ताजा अपडेट