पाँच दिने भारत भ्रमणमा रवि लामिछाने, दिल्लीमा भाजपाका नेताद्वारा स्वागत

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा भारतको नयाँ दिल्ली पुगेका छन्। उनी केही बेरअघि दिल्ली विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा उनलाई भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले ले स्वागत गरेका थिए।

भ्रमण भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको बताइएको छ। सभापति लामिछानेसँग उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि सहभागी छन्।

दिल्ली बसाइका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्व तथा कूटनीतिक क्षेत्रका उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

शेयर गरौ

ताजा अपडेट