चितवन । सडक डिभिजन कार्यालय भरतपुरले नारायणघाट–मुग्लिङ सडक खण्डअन्तर्गत पहिरो नियन्त्रण तथा ढलान स्थिरीकरण (Slope Stabilization) कार्यका लागि ठेक्का आह्वान गरेको छ।
कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै कालीखोला र नाम्सीखोला क्षेत्रमा सडक सुरक्षासम्बन्धी निर्माण कार्यका लागि योग्य नेपाली निर्माण व्यवसायीबाट बोलपत्र माग गरेको हो।
सूचनाअनुसार बोलपत्र अनलाइनमार्फत मात्रै पेश गर्नुपर्नेछ। बोलपत्र खरिद तथा पेश गर्ने अन्तिम मिति २०८३ जेठ २० गते दिउँसो १२ बजे तोकिएको छ भने सोही दिन दिउँसो १२:१५ बजे बोलपत्र खोलिने जनाइएको छ।
ठेक्काका लागि ३७ लाख रुपैयाँ धरौटी रकम तोकिएको छ। बोलपत्र दस्तुर १० हजार रुपैयाँ निर्धारण गरिएको छ भने बोलपत्रको मान्यता अवधि १५० दिन रहनेछ।
सडक डिभिजन कार्यालयले कामको जटिलता र विस्तृत अवस्थाबारे जानकारी लिन बोलपत्र पेश गर्नुअघि प्रि-बिड बैठकमा सहभागी हुन निर्माण व्यवसायीलाई आग्रह गरेको छ। प्रि-बिड बैठक २०८३ जेठ ८ गते कार्यालय परिसरमा बस्नेछ।


