चितवन ।
भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पश्चिम नेपालका बिभिन्न जिल्लाहरुको अध्ययन तथा अवलोकन भ्रमण गराएको छ ।

संस्थाले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत बैशाख १७ देखि १९ गते सम्म पूर्वी नवलपरासी, पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु र पश्चिम नवलपरासीका बिभिन्न स्थानमा भ्रमण गराएको हो ।

सो क्रममा ऐतिहासिक संरचना, बिकास निर्माण, धार्मिक पर्यटन, पाहाडी जिल्लाहरुमा सहकारी संचालनको अबस्था आदी बिषयमा सहभागीहरुले अध्ययन अवलोकन गरेका थिए ।

गैंडाकोटबाट पाल्पा पुग्ने कालीगण्डकी कोरिडोर सडक, रिडि तम्घासको स्तरोन्नती सडकले स्थानीयको जनजीवन र आर्थिक उपार्जनमा पारेको सकारात्मक प्रभावलाई भ्रमणमा सहभागीहरुले चासो पूर्वक लिएका थिए ।

स्याङ्जाको मिर्मीमा बनेको कालीगण्डकी जलविधुत परियोजनाको अवलोकनले भ्रमणमा सहभागीहरुलाई अलग्गै उर्जा मिलेको थियो । ठुला परियोजनाहरु यसैगरी देशभरी ब्यवस्थित हुन सके देश बिकासले फड्को मार्न सक्ने सहभागीहरुले आशा ब्यक्त गरे ।

भ्रमणका क्रममा पूर्वी नवलपरासीको डेढगाँउमा रहेको अकला मन्दिर , गुल्मीको रिडी, पाल्पाको ऋषिकेश मन्दिर , अर्घाखाँचीको सुपादेउराली ,कपिलवस्तुको लुम्विनी, पश्चिम नवलपरासीको त्रिवेणीधाम लगायतका धार्मिक पर्यटनको अध्ययन अवलोकन गरिएको थियो ।
धार्मिक तीर्थस्थलहरुले त्यस क्षेत्रको समृध्दिमा भुमिका खेलेका छन् । पर्यटन प्रवद्धन भएको छ ।

पाल्पाको रानीमहल दरबार र बुद्द जन्मस्थल लुम्विनीमा भएको भ्रमणमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको अवलोकन गरिएको थियो ।
भारतीय सिमावर्ती नवलपरासीको त्रिवेणीमा रहेको गण्डक नहरको स्थलगत भ्रमण गरिएको थियो ।
पाहाडी बस्तीहरुमा पनि सहकारी अभियानले राम्रो प्रभाव पारेको पाईएको छ । अर्घाखाँचीका जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष द्रोणप्रसाद भुषालले स-साना बचत मार्फत पाहाडी जिल्लाहरुमा सहकारी सदस्यहरुले उधमशिलता बढाएको बताउनुभयो । सन्धिखर्कमा भएको अन्तरक्रियामा उहाँले त्यसक्षेत्रमा सहकारी सञ्चालनमा उलेख्य समस्याहरु नदेखिएको प्रष्ट पार्नुभयो ।

खुदो गुणको उत्पादन, कफी उत्पादन, काफल ऐसुल , स्थानीय कृषी उपज, पर्यटन , उर्जा उत्पादन, धार्मिक पर्यटन आदी पाहाडी जिल्लाहरुमा आम्दानीका श्रोत बनेका छन् ।

तिन दिने अध्ययन अवलोकन भ्रमणमा सदस्यहरुलाई संस्थाका उपाध्यक्ष रामप्रसाद सापकोटा संयोजकत्वमा सचिव कृष्णप्रसाद अधिकारी , सदस्यहरु, संगिता बानिया थापा, बिमला भट्टराई, मिना पौडेल, छन्दलाल इटनी, मिना पौडेल लेखा समितिका हरि भट्टराई, कर्मचारी निशा थापा र सलिना सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
भ्रमणमा ६० जना सदस्यहरु सहभागी थिए ।




