जंगी अड्डाले भन्यो : राहत र उद्धार सहज बनाउन सुकुम्बासीको विवरण मागेका हौं

काठमाडौं ।’ नेपाली सेनाले आसन्न वर्षातको समयमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्को पूर्व तयारीका लागि तथ्याङ्क अद्यावधिक गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको विवरण माग गरिएको विषयमा आएका समाचारहरूको प्रष्टीकरण दिएको हो।

विगतका वर्षहरूमा घटेका विपद्का घटनाहरूलाई मध्यनजर गर्दै सेनाले वर्षातको समयमा हुन सक्ने बाढी, पहिरो, डुबान र नदी कटानको जोखिम न्यूनीकरण गर्न सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ। मानवीय र भौतिक क्षति कम गर्ने उद्देश्यले सेनाले विपद् पूर्व तयारीको योजना अघि सारेको जनाइएको छ ।

बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले भनेको छ, ‘नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने विपद् घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापना कार्यहरूलाई सहज बनाउने उदेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको जानकारी गराउँछौं ।’

शेयर गरौ

ताजा अपडेट