नारायणी पब्लिकले गर्‍यो ‘फेअर वेल’

चितवन । भरतपुरमा रहेको नारायणी पब्लिक कलेजले कक्षा–१२ का विद्यार्थीहरूलाई बिदाई गर्दै एक विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको सभापतित्व अनुस्का नेपालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कलेजका अध्यक्ष राजेश्वर खनाल रहनुभएको थियो। कार्यक्रममा प्रिन्सिपल  बेदराज न्यौपाने, को अर्डिनेटर जनकराज घिमिरे , निर्देशक अनिता खनाल,  प्रशासन प्रमुख  दीपक ढुङ्गाना, तथा एकेडेमिक प्रमुख प्रकाश सिग्देल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यार्थीहरूलाई समयअनुकूल दक्षता हासिल गर्दै भविष्यप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए। उनीहरूले प्रतिस्पर्धात्मक युगमा सफल हुन सीप, अनुशासन र निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे।

बिदाई कार्यक्रमलाई थप आकर्षक बनाउन सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो। कार्यक्रममा रकेट्स ब्याण्डले सांगीतिक प्रस्तुति दिएको थियो भने विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गरेर वातावरण रमाइलो बनाएका थिए।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको कलेजले जनाएको छ।

शेयर गरौ

ताजा अपडेट