करागारका पाँचयस धेरै कैदीवन्दी मतदानबाट बन्चित

चितवन ।
चितवनको तीनै निर्वाचन क्षेत्रको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन तयारी सम्वन्धी शनिबार भरतपुरमा भएको छलफल कार्यक्रममा तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनको तयारी पूरा भएको र अहिलेसम्म शान्तिपूर्वक कार्यक्रम भइराखेको जानकारी दिनुभयो । दलहरुले शान्तिपूर्वक आफ्नो प्रचारप्रसारका कार्यक्रम गर्दै आएको, निर्वाचन आचारसंहिता सम्वन्धी सामान्य उजुरी भएपनि ठुलो उल्लङनका घटना नभएको उहाले बताउनुभयो । निर्वाचनलाई भयरहित शान्तिपूर्वक सम्पन्न गराउनको लागि सुरक्षा निकायले काम गरिराखेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
उहाले भन्नुभयो “निर्वाचन सम्वन्धी सवै काम शन्तिपूर्वक भएका छन् । अहिलेसम्म अप्रिय घटना भएको छैन । हामीले सुरक्षा व्यवस्थालाई ध्यान दिएर व्यवस्थित पारेका छौ ।” निर्वाचनपछि मतगणनको स्थलसमेत व्यवस्था गरिएको छ । निर्वाचन क्षेत्र नंं १ को मतगणना खैरहनीको भूवानी शंकर क्यम्पसमा, निर्वाचन क्षेत्र नंं २ को प्रदर्शनी स्थल भरतपुर र निर्वाचन क्षेत्र नंं ३ को रामपुर क्याप्सममा गणना गर्ने तयारी भएको छ । गणना स्थलमा सिसी क्यामरा र तारजाली राख्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
मतदान गर्नबाट कैदी वन्दी बन्चित
भरतपुर कारागारमा रहेका ५०२ जना कैदीवन्दीले मतदान गर्न नपाइने भएको छ । ६१७ जना कैदीवन्दी रहेको कारागारका ११५ जना कैदी वन्दीले मतदान गर्न पाउने भएपनि बाँकीले भने मतदान गर्न नपाउने भएको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । कारागारमा रहेका ११५ जनाले वायोम्याट्रिक गरेको र बाँकी कैदीवन्दीले वायोम्याट्रिक नगरेको कारण मतदानबाट बन्चित भएको उहाले जानकारी दिनुभयो । निर्वाचन अगाडि आयोगले वायोम्याट्रिक अध्यावधिक गर्न सूचित गरेपनि वेवास्ता गरेर वस्दा मतदान गर्नबाट बन्चित भएको उहाले बताउनुभयो ।
उमेदवार धेरै बैंक खाता खोल्ने कम
निर्वाचन आयोगले उमेदवारलाई बैंक खाता मार्फत खर्च गर्न र खाता खोल्न अनिवार्य गरेपनि थोरैले मात्र खाता खोलेको पाइएको छ । निर्वाचन प्रयोजनको लागि बैंक खाता खोल्नै पर्ने व्यवस्था भएपनि चितवन जिल्लामा २१ जना उमेदवारले मात्र खाता खोलेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिनुभयो । तीन निर्वाचन क्षेत्रमा ६४ जना उमेदवार रहेका छन् । ती मध्य २१ जनाले खाता खोलेका छन् भने ३९ जनाले खाता खोल्न सिफारिस लगेका छन् । ६४ मध्य १२ जना उमेदवारले मात्र घोषणा पत्र सार्वजनिक गरेको कार्कीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं. १ र ३ मा ३२ लाख र निर्वाचन क्षेत्र नं. २ मा २९ लाख रुपिर्या अधिकतम एक उमेदवारले खर्च गर्न पाउने व्यवस्था रहेको छ ।
निर्वाचन कार्यालयले ९८ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचन केन्द्रमा १८ गतेबाट कर्मचारी खटाइने तयारी रहेको छ । जिल्लाका होटल तथा रेष्टुरेन्टमा १५ गते देखि साँझ ९ बजेपछि होटल वन्द गर्न लगाइएको छ । मादक पर्दाथ बिक्री वितरण गर्नलाई समेत रोक लगाइएको छ ।

शेयर गरौ

ताजा अपडेट