सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास आज बिहान ३:१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

National Earthquake Monitoring and Research Center (NEMRC) अन्तर्गतको Department of Mines and Geology (DMG) का अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापन (ML) अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन।

शेयर गरौ

ताजा अपडेट