एमाले निर्वाचन क्षेत्र नंं २ को सम्पर्क कार्यालय स्थापना

चितवन । नेकपा एमाले निर्वाचन क्षेत्र नं. २ को सम्पर्क कार्यालय भरतपुरमा शुक्रबार सञ्चालनमा आएको छ । फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन केन्द्रीत कार्य सञ्चालन गर्न कार्यालय सञ्चालनमा ल्याएको हो ।
भरतपुर महानगरपालिका वडा नंं १० ज्ञानदर्शन चोकमा सञ्चालनमा ल्याएको कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा सम्वोधन गर्दै एमाले पार्टीका केन्द्रीय सदस्य देवि ज्ञवालीले आगामी निर्वाचनमा एमालेले वहुमत सिट जित्ने दावी गर्नुभयो । उहाले अहिले देश बनाउने र भत्काउने बिचको निर्वाचन भएकाले जनताले देश निर्माण गर्ने पार्टी रोज्ने बताउनु भयो । उहाले विभिन्न हवाहुण्डरी आएपनि एमाले सतिसाल भएर उभिएर परिणाम आफ्नो हातमा ल्याउन सक्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले मुलुकलाइ सही मार्गमा लैजान एमाले बाहेकको शक्तिले नसक्ने बताउनुभयो । दीर्घकालिन विकास, कानुनको रक्षा, जनताको सर्वोत्तम हितका लागि एमालेको विजय अपरिहार्य भएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय अनुसासन आयोगका सदस्य कृष्ण भुर्तेत, एमाले नेता विजय सुवेदी, रामप्रसाद न्यौपाने, उमेदवार अश्मिन घिमिरे, समानुपातिक पदका उमेदवार सन्तवहादुर चेपाङ, वडा नंं १० का निर्वाचन परिचालन कमिटीका संयोजक विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट