चितवन । एनपीआइ नारायणी सामुदायिक हेल्थ इन्ष्टिच्यूट भरतपुरमा साताव्यापी खेलकुद कार्यक्रम सञ्चालन भएको छ ।
प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको एनपीआइले शैक्षिक कार्यतालिका अनुसार खेलकुद कार्यक्रम सञ्चालन गरेको हो । सस्थाको भरतपुर १२ आश्था चोकमा रहेको हेल्थ इन्ष्टिच्यूट परिसरमा भलिवल, डोरी तान्ने, क्रिकेट लगायतका कार्यक्रम सञ्चालन भएको कार्यक्रम इन्चार्ज नवराज भट्टराइले जानकारी दिनुभयो ।

साताव्यापी कार्यक्रमको एनपीआइका प्रा.डा.होमनाथ सापकोटाले उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै उहाले खेलकुद कार्यक्रमले विद्यार्थीमा उर्जा थपिने बताउनुभयो । अध्यापन संगै अतिरिक्त कार्यक्रमले विद्यार्थी माझ अझ उर्जा थपिने भएकाले यस्ता कार्यक्रम आवश्यक भएको प्राध्यापक सापकोटाले बताउनुभयो ।

सस्थामा प्रथम वर्ष, दुतीय वर्ष र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु खेलकुद कार्यक्रममा सहभागी भएका छन् । सस्थामा सामान्य चिकित्सा(एचए), प्रयोगशाला(ल्याव)मा अध्यापन हुदै आएको छ । खेलकुदका कार्यक्रम सम्पन्न भएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरी विजयी भएका र सहभागी भएका खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडलबाट सम्मान गरिने सस्थाका इन्चार्ज भट्टराइले जानकारी दिनुभयो ।



